Breaking News
recent

तकसेरामा सुटिङ भएको लोम्बा चलचित्रलाई एकै पट्क ३ अबार्ड




     मैत्या घर्तीमगर
     नेपाल आदिवासी चलचित्र अवार्ड–२०१७ मगर कला र संस्कृतिमा आधारित चलचित्र ‘लोम्वा’ ले प्राप्त गरेको छ । बेस्ट फिल्म, बेस्ट निर्देशक र बेस्ट कस्टम गरि ३ अवार्ड हात पारेको हो ।
नेपाल आदिवासी जनजाति महासंघ ९फिप्ना० को आयोजनामा अमेरिकाको न्यूयोर्कमा तीन दिन सम्म भएको ‘नेपाल आदिवासी चलचित्र महोत्सव’ मा लोम्वाले अवार्ड जित्न सफल भएको हो । विश्व आदिवासी दिवसको सन्दर्भ पारेर फिप्नाले चलचित्र महोत्सव आयोजना गरेको थियो । चलचित्र महोत्सवमा ११ वटा चलचित्र प्रदर्शन गरिनुका साथै ११ विभिन्न विधामा पुरस्कार तथा ट्रफि प्रदान गरिएको थियो ।
उत्कृष्ट चलचित्रका लागि लोम्वा, शेरढाक, कृष्णा गौतमी, हेलुक्वा र सेम ताबा म्ही नोमिनेशनमा परेका थिए । नोमिनेशनमा परेका अन्य चार वटा चलचित्रहरुलाई पछि पार्दै लोम्वाले अवार्ड हात पार्न सफल भएको हो । उत्कृष्ट चलचित्र अवार्ड फिप्नाका अध्यक्ष लुईसाङ डब्लु तामाङ र एनआरएन–अमेरिकाका उपाध्यक्ष रविना थापाले संयुक्त रुपमा चलचित्र लोम्वालाई नगद एक लाख रुपैयाँ, ट्रफि र प्रमाणपत्र हस्तान्तरण गरेका थिए
त्यस्तै उत्कृष्ट भेषभुषाको नोमिनेशन चलचित्र लोम्वा, सुम्निमा, सेम तवा म्ही, कृष्णा गौतमी र हेलुक्वा परेका थिए । नोमिनेशनमा परेका अन्य चार चलचित्रलाई पछि पार्दै उपाधी भने लोम्वाका अनिल बुढा मगरले प्राप्त गरेका थिए ।
त्यस्तै उत्कृष्ण चलचित्र निर्देशकको उपाधी चलचित्र लोम्वाका निर्देशक अनिल बुढा मगरले प्राप्त गरेका छन् । उनले मैरिमो, हेलुक्वा, सेम तावा म्ही र कृष्णा गौतमीलाई पछि पार्दै यो उपाधी हात पारेका हुन् । त्यस्तै वेष्ट एक्टरको उपाधी शेरढाक चलचित्रका नायक छेवाङ रिञ्जिङ गुरुङले प्राप्त गरेका छन् । त्यस्तै वेष्ट एक्ट्रेसको उपाधी मैरिमो चलचित्रकी नायीका सपना गुरुङले हात पारेकी छिन् ।
महोत्सवमा वेष्ट स्टोरीको उपाधी सुम्निमा चलचित्रका प्रविण पुमालाई प्रदान गरिएको थियो । त्यस्तै चलचित्र सेम तावा म्हीका राजकुमार मोक्तानले वेष्ट म्युजिकको उपाधी हात पार्न सफल भएका छन् । महोत्सवमा उत्कृष्ट छायांकनको उपाधी भने सेम तावा म्हीले हात पारेको छ । ्महोत्सवमा उत्कृष्ट सम्पादनको उपाधी भने कृष्णा गौतमीका बालकृष्ण बंशीले हात पार्न सफल भएका छन् । ्
 कार्यक्रममा उत्कृष्ण छोटो चलचित्रको उपाधी पुवालोले प्राप्त गरेको छ । यो उपाधीका लागि फेके र कल्ली पनि नोमिनेशनमा परेका थिए भने पब्लिक च्याईस अवार्ड सेम तावा म्हीले प्राप्त गर्न सफल भएको छ ।
महोत्सव शुक्रबार न्यूयोर्कको क्वीन्स स्थित गुल्सन टेरेसमा विशेष समारोहका बीच उद्घाटन गरिएको थियो । महोत्सवका लागि बिभिन्न जातिका ७ लामा चलचित्र र ४ वटा लघु चलचित्रहरु अन्तिम छनौटको सूचीमा परेका थिए । महोत्सवमा सहभागिताका लागि दर्ता भएका ३९ चलचित्रहरु मध्येबाट ११ वटा चलचित्र छनौट गरिएको हो । लामा चलचित्रहरुमा हेलुक्व ९लिम्बु०, लोम्बा ९मगर०, कृषा गौतमी ९नेवार० मैंरिमो ९गुरुङ०, सुम्निमा ९राई०, सेम ताबा म्ही ९तामाङ० र शेरडा ९मुस्ताङ्ग० रहेकाछन् । यसैगरी छनौट भएका लघु चलचित्रहरुमा फेके ९मगुाल०, बन्ठी ९माझी०, कल्ली ९नेवार० र लाज ९थारु० छनौटमा परेका थिए । चलचित्रहरुबाट सर्वोत्कृष्ट चलचित्र, अभिनेता, अभिनेत्री, कथा, छायाँकार, सम्पादक, भेषभुषा, संगीत, निर्देशक र पब्लिक च्वाईसको बिभिन्न विधामा अन्तिम स्पर्धा गराईएको थियो ।
 ‘महोत्सवमा छनौट भएका चलचित्रहरु तीन चरणको छनौट प्रक्रियाबाट छानिएका हुन् । पहिलो चरणमा, सम्बन्धित समुदायको चलचित्र बोर्डले दर्ता र छनौट गरेको थियो भने दोश्रो चरणमा, नेपाल स्थित फिप्नाको काठमाडौँ सचिवालयले छनौट गरेको थियो र तेश्रो चरणमा, न्युयोर्क सचिवालयले चलचित्र विज्ञहरु मार्फत अन्तिम छनौट गरेको थियो । चलचित्र छनौट समितिमा डा। कृष्ण भट्टचन, छिरिङ रितार शेर्पा, अमृत योञ्जन, नबिन सुब्बा र अमृत बहादुर सुनुवार रहेका थिए ।
महोत्सवका लागि आदिवासी जनजाति चलचित्र महासंघ ९फिन्फी०, ईन्डिजिनियस फिल्मस् अर्काईभ ९आईफा० र फिप्नाका सम्पूर्ण सदस्य संस्था सह–आयोजक रहेका थिए । त्यस्तै नेपाल चलचित्र विकास बोर्ड र नेपाली महावाणिज्य दूतावास, न्यूयोर्क महोत्सवमा बिशेष सहयोगी संस्था रहेका थिए ।

Maitya Gharti Magar

Maitya Gharti Magar

No comments:

Post a Comment

Powered by Blogger.